
काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको निधन भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया ठूलीमाया तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया सावित्री तामाङको निधन भएको हो।
मृतक दुईजनाको घटनास्थलमै र एक जनाको उपचारकोक्रममा बनेपा स्थित शिर मेमोरियल अस्पतालमा निधन भएको वडा अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिनुभयो ।
तामाङले घटना स्थल नजिकै चलाल रोडाढुंगा उद्योगले ढुंगाखानी संचालन गरिरहेको र सोही कारण पहिरो गएको हुनसक्ने जानकारी दिनुभयो ।
राति सुतिरेहका बेला एक्कासी पहिरो खसेपछि घर पुरिएको थियो। घरमा एक्लै रहेकी आफ्नी आमा भेट्न काठमाडौंबाट गएका छोरा र छोरीसहित आमाको पनि पहिराेमा परेर निधन भएको हो ।

