
आज (शनिबार) बिहान कोरोना संक्रमण पुष्टि भएका ३५ वर्षीय पुरुष बिरामी ग्रान्डी अस्पतालमा उपचाररत रहेका खुलेको छ। उनलाई ग्रान्डी अस्पतालबाट टेकुकाे शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेकाे छ।
संक्रमितको कन्ट्र्याक्ट ट्रेसिङका लागि इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिइसकेको स्वास्थ्य मन्त्रालय स्राेतले जानकारी दिएकाे छ।
बिरामीमा कोरोना संक्रमण देखिएपछि ग्रान्डी अस्पताल सिल गर्ने तयारी गरिएको छ।