

प्रिय !
यति धेरै हाँसो
कहाँबाट
ल्याउँछ्यौ
प्रिय ?
मैले
कति बन्धनमा
तिमिलाई
बाधेँ ,
तिमिलाई
हर सौजन्यतामा
राखेँ ,
तिमिलाई
हर समर्पणमा
जोडे,
तिम्रो
हर रुचिहरुलाई
अपराध सम्झे,
तिम्रो
हर इच्छाहरुलाई
नजर बन्द गरेँ,
तिम्रो
सपना भित्र
अध्यादेश ल्याएँ,
तिम्रो
प्रत्येक आवाजमा
ट्याक्स लगाएँ,
रोजगारको खुशिहरुलाई
विमुद्रीकरण गरेँ,
तर……….
तर यो हाँसोको साहाराले
तिमि
प्रत्येक मुश्किलबाट
निस्केर आऊँछ्यौ ,
तिमि
प्रत्येक संकटमा
एउटा
सच्चा
फूल जसरी
हाँसेर
बस्ने गर्छ्यौ ।
र ……अनि
यो फूल पनि
तिमि जस्तै
हाँसेर फुल्ने गर्छ प्रीय ।
प्रिय !
यति धेरै हाँसो
कहाँबाट
ल्याउँछ्यौ
प्रिय ?