
महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिले बनाएको प्रतिवेदन आज (शनिबार) नै संसद सचिवालयमा बुझाउने तयारी गरेको छ।
शनिवार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायधीश जबराले यसअघिका बैठकमा दिनुभएको बयानमा हस्ताक्षर गरिसकेकाले आज नै समितिको दोस्रो बैठक बसेर संसद सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली कांग्रेसका सांसद एवम् महाअभियोग सिफारिस समिति सदस्य मिनबहादुर विश्वकर्माले आजै बस्ने दोस्रो बैठकमा प्रतिवेदनको मस्यौदा पेस हुने र आज नै संसद सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरेको बताउनुभयो ।
उहाँले आजको बैठकमा प्रधानन्यायाधीश जबराले आफूले दिएका बयानमा हस्ताक्षर गर्नुभएको र समिति सदस्यहरुको प्रतिप्रश्नको समेत जवाफ दिनुभयो ।
समितिको बैठकपछि सञ्चारर्कीहरुसँग कुरा गर्दै समितिका सभापति रामबहादुर बिष्टले समितिको पहिलो बैठकले मस्यौदा तयार गरेर समिति सदस्यलाई बाँडिएको र दोस्रो बैठकमा छलफल गरेर प्रतिवेदन तयार गरी सभामुखलाई बुझाउने बताउनुभयो