
‘कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका अन्य प्रभावकारी कदमलाई निरन्तरता दिंदै दैनिक जीवनका धेरै कुराहरु बदलिएको छन् । भाइरसको संक्रमण नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण विश्वको ठूलो जनसंख्या घरभित्र बस्न बाध्य छन् । कार्यालयहरु बन्द रहेका कारण धेरै आफ्नो घरबाटै काम गर्दै आइरहेका छन् । मजदुर तथा गरिब वर्गको जीवन झनै कष्टकर बनेको छ ।
जहाँ लकडाउन छैन, त्यहाँको जीवन पनि सामान्य छैन । त्यहाँ कडाइका साथ सामाजिक दुरीको नियम लागू गरिएको छ । विशेष गरेर रेस्टुरेन्टहरुमा सामाजिक दुरीका नयाँ नियमहरु लागू गरिएको स्पष्ट देख्न पाइन्छ । रेस्टुरेन्टहरुलाई साथीभाइ भेटघाट गर्ने, कुराकानी गर्ने, सँगै समय बिताउने स्थानका रुपमा चिनिन्थ्यो । अहिले पनि रेस्टुरेन्टमा मानिसहरूसँगै नै जान्छन् । तर, पहिलेजस्तो उनीहरु सँगै हुँदैनन् । सँगै भए पनि टाढा राखिन्छन् । यसलाई अहिले ‘नयाँ सामान्य’ भनेर व्याख्या गरिन्छ ।
तस्विरमा हेर्नुहोस् रेस्टुरेन्टहरुको बदलिएको तौरतरिका















एजेन्सी / तस्विर: रोयटर्सबाट