९ बैशाख २०८२, मंगलवार

कसरी बच्ने डेङ्गुबाट ? हालसम्म २४ जनाको निधन, मुस्ताङ र हुम्ला बाहेक ७५ जिल्लामा फैलियो

denguuu

२०६१ सालमा पहिलो पटक चितवनमा देखा परेको डेंगु संक्रमण मुस्ताङ र हुम्ला बाहेक हाल ७५ जिल्लामा फैलिएको छ । डेंगु संक्रमणबाट हालसम्म २४ जनाको निधन भइसकेको छ । त्यसैले डेंगु संक्रमितले विशेष ध्यान दिनुपर्ने चिकित्सकले सुझाएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याकं हेर्ने हो भने मंगलबारसम्म १९ हजार २३ जनामा डेंगु संक्रमण भएको छ । डेंगुकै कारण अहिलेसम्म २४ जनाको निधन भैसकेको छ । डेंगु संक्रमण भएर जटिल अवस्थामा रहेका व्यक्तिको निधन भएको हो । जटिल समस्या भएका संक्रमितको लक्षण कस्तो हुन्छ त ?

डेंगु लागेका थोरै प्रतिशतलाई जटिल समस्या देखिने भएपनि, डेंगु लागेका अधिकांशलाई सामान्य उपचार गरेर नै निको हुन्छ । डेंगु संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट सर्ने डेंगुमा उच्च ज्वरो आउने, जोर्नी र मांशपेशी बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्ने, शरीरमा राता बिमिरा आउने, वाकवाकी लाग्ने वा वान्ता हुने लक्षण देखिन्छ ।

जस्ले गर्दा व्यक्ति आत्तिने, शिथिल हुने अवस्था आउँन सक्छ । चिकित्सकका अनुसार एक हप्ता भन्दा बढी संक्रमित व्यक्तिमा यस्ता लक्षण देखिन सक्छ ।

डेंगु संक्रमण सबै भन्दा बढी काठमाडौंमा ५ हजार १ सय ३१, ललितपुरमा ५ हजार १ सय ४, मकवानपुरमा १ हजार ८ सय २९, दाङमा १ हजार १ सय ८० जनामा पुष्टि भएको छ । त्यस्तै हिमाली जिल्ला सोलुखुम्बुमा १० जनामा संक्रमण देखिएको छ । यी बाहेक अन्य जिल्लामा पनि संक्रमित बढ्दै छन् ।

चिकित्सकले पुरा बाउला भएको लुगा लगाउने, आफ्नो वरपर पानी जम्न नदिने, लामखुट्टे भगाउन धुप वा मलम प्रयोग गर्ने झुल हालेर मात्रै सुत्ने, पानी राख्ने भाँडाहरू छोपेर राख्ने वा पानी जम्न नदिने, कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क र बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कन सुझाव दिएका छन । यसरी लामखुट्टेको टोकाइबाट बच्न सके डेंगु लाग्नबाट जोखिन सकिन्छ ।

डेंगीसम्बन्धी अनौठा तथ्यहरू
–डेंगी भाइरस इजिप्टाइ र एइ अल्बोपिक्टस भाइरसको टोकाइबाट मात्रै सर्छ ।
–एउटा व्यक्ति आफ्नो जीवनकालमा चार पटकसम्म मात्रै डेंगीबाट संक्रमित हुन्छ ।
–डेंगी संक्रमणको जोखिमयुक्त ठाउँहरूमा अन्य रोग लाग्ने प्रमुख कारण पनि डेंगी नै हो ।
– हालसम्म जोखिमयुक्त ठाउँका ९ देखि १६ वर्षका बालबालिकालाई मात्रै डेंगी संक्रमणविरुद्धको भ्याक्सिन लगाउन अनुमति दिइएको छ । यस्ता जोखिमयुक्त केही ठाउँ अमेरिका भित्रैका छन् । यो भ्याक्निस अमेरिकी घुम्न आउनेहरूका लागि दिइएको छैन ।
– हरेक वर्ष विश्वका ४० करोड मानिस डेंगी संक्रमणबाट प्रभावित हुने गरेका छन् । डेंगी जोखिमयुक्त ठाउँ भ्रमण गरेर फर्किने र बस्ने हरेक जसोलाई यो संक्रमण हुने गरेको तथ्यांक छ ।

बच्ने उपाए
–लामखुट्टेको टोकाइबाट जोखिनु नै डेंगीबाट बच्ने सबैभन्दा भरपर्दो र उपयुक्त उपाय हो । यसबाहेक लामखुट्टेको टोकाइबाट जोगिने केही मलम समेत उपलब्ध छन् ।
–शरीर ढाक्नेगरी कपडा लगाउने ।
– घरमा रहदा र घरबाहिर घुम्दा पनि बालबालिकालाई लामखुट्टेबाट जोगाउने । जसका लागि झ्याल ढोकामा आवश्यक मात्रामा जाली र झुलको प्रयोग गर्ने ।
–हप्ताको एक पटक घर र आसपासको सरसफाइ गर्ने । खल्डोमा जमेको पानी हटाउने, टायर, भाडावर्तन, पौडी पोखरी, जस्ता पानी जम्ने सामान हटाउने ।
–यदि तपाई वा तपाइँको परिवारमा कसैलाई डेंगी भएको छ भने सकेसम्म पहिलो एक साता लामखुट्टेको टोकाइबाट बच्नुहोस् । किनकी तपाइँलाई टोकेको लामखुट्टेले पुनः अर्को व्यक्तिलाई टोकेमा संक्रमण सर्न सक्छ ।