
सदरमुकाम सन्धिखर्क बजार क्षेत्रमा भुस्याहा कुकुरकाे बिगबिगी भएपछि यसकाे नियन्त्रण गर्न स्थायी बन्ध्याकरण गरिने भएकाे छ ।
बजार क्षेत्रमा रहेका भुस्याहा कुकुरका कारण बिहान क्यापस जाने विद्यार्थीसहित बालबालिकासमेत जाेखिममा परेपछि सन्धिखर्क नगरपालिका बन्ध्याकरण गर्ने निष्कर्षमा पुगेकाे हाे ।
सन्धिखर्क नगरपालिकाकाे वडा नं १ र २ सहित वडा नं ७ काे फुदवाङ, वडा नं १० काे विहार बजारमा रहेका करिब १२० कुकुरलाई बन्ध्याकरण गरिने नगरपालिकाले जनाएकाे छ ।
सन्धिखर्कमा बन्ध्याकरण तथा भ्याक्सिनेसन शिविर सञ्चालन गरी दक्ष चिकित्सकहरूबाट कुकुरहरूकाे बन्ध्याकरण गरिने र यसका लागि बाेलपत्र प्रक्रिया अगाडि बढाइसकिएकाे नगरपालिकाकाे भनाइ छ ।