
नेपाली कांग्रेस संस्थापनइतर समूहले आगामी निर्वाचनमा टिकट वितरणमा ४० प्रतिशत भाग खोजेको छ ।
काठमाडौंको एक बैंक्वटमा आज संस्थापनइतर समुहले आयोजना गरेको खबरदारी सभामा उनीहरुले ४० प्रतिशत भाग नपाए विद्रोह गर्ने चेतावनी दिए । सभामा नेता शेखर कोइराला र उहाँ निकट पदाधिकारीहरु सहभागी थिएनन् ।
सो समूहका दोस्रो तहका नेता मात्र सहभागी कार्यक्रममा सभापति शेरबहादुर देउवाले जथाभावी उम्मेदवार चयन गरेर मत माग्नै अप्ठ्यारो पारेको नेताहरुले गुनासो गरेका छन् । उनीहरुले अब ४० प्रतिशत भाग दिनुपर्ने माग गरे ।
संस्थापनइतर समूहका नेताहरुले बन्दसूचीमा राखिएका नाम हेर्दा संस्थापन समूहले न्यायोचित काम नगरेको भन्दै सच्चिनका लागि सभापति देउवालाई चेतावनी दिएको छ ।