
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उपरक्षामन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।
युक्रेनमा युद्धरत रुसी सैनिकका लागि खाद्यान्नसहित अत्यावश्यक सामग्रीको उचित व्यवस्थापन गर्ने जिम्मा पाउनुभएका जनरल दिमित्री बुल्गाकोभलाई बर्खास्त गरिएको हो ।
६७ वर्षका बुल्गाकोभले जिम्मेवारी पूरा नगरेको भन्दै बर्खास्त गरिएको रुसको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल टेलिग्राममार्फत् जानकारी दिएको हो । बुल्गाकोभको स्थानमा कर्णेल जनरल मिखाइल मिजिन्त्सेभलाई नियुक्त गर्ने तयारी रुसको छ ।
मिखाइलले मासिपोलमा कब्जा गर्ने अभियानको नेतृत्व गर्नुभएको थियो । बर्खास्त हुनुभएका जनरल बुल्गाकोभले सन् २००८ देखि रुसी सैनिकको अत्यावश्यक सामग्री व्यवस्थापन सम्बन्धी जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो ।