
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट चौंथो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ।
बाराका ७० वर्षीय वृद्धको उपचारको क्रममा कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति मृत्यु भएको थियो । वृद्धको सम्पर्कमा आएका ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मृतकको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
नेपालमा कोरोना भाइरसका थप ७ विरामी थपिए पछी संक्रमित संख्या ६८२ पुगेको छ भने त्रिभुवन शिक्षण अस्पतालामा पि सि आर मशिन जडान भए सँगै देशभरमा परिक्षण प्रयोगशालाको संख्या २० पुगेको छ ।