
संस्कृति, पर्यटन तथा नागरिक उड्यायन मन्त्री जीवनराम श्रेष्ठले दाङको टरिगाउा बिमानस्थलमा ७२ सिटे हवाई जहाज बस्न सक्नेगरि धावनमार्ग बिस्तार गरिने बताएका छन् ।
दाङबाट संसदमा प्रतिनिधित्व गर्दै मन्त्री बनेका शहरी बिकास मन्त्री मेटमणी चौधरी.र स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसीका साथमा बिमानस्थलको स्थलगत निरीक्षणपछि मन्त्री श्रेष्ठले दशै सकिए लगत्तै विमानस्थल बिस्तारको प्रकृया अगाडि बढ्ने बताए ।
सञ्चालन हुादै र बन्द हुदैा यस बिमानस्थलले ६ दशकको यात्रा पार गरीसकेको छ । हरेक पटक चुनाबको मिति नजिकिदै जाादा टरिगाउा विमानस्थल विस्तार र सञ्चालन चुनावी नारा मात्रै बन्ने गरेको जिल्लावासीको दुखेसो छ ।
२०७० सालको निर्वाचन पछि दाङका केही व्यवसायीहरुको पहलमा सरकारले ८ करोड ८७ लाख बजेट विनियोजन गर्यो । त्यसैबेला बिमानस्थलको ७ सय ५० मिटर धावन मार्ग कालोपत्रे पनि भयो ।
तुलसीपुर उद्योग बाणिज्य सघंले टिकटको जिम्मा लिने गरी २०७४ सालदेखि दाङ काठमाडौा नियमित एउटा उडान पनि शुरु भयो । तर केही समयदेखि इन्धन डिपोको समस्या देखाउादै उडान प्रभावित भएको छ ।
टरिगाउा बिमानस्थललाई चुनावी नारामा मात्रै सीमित बनाउादा दाङ, रुकुम, रोल्पा, सल्यान, प्युठान लगायतका बासिन्दाले नियमित हवाई सेवा पाउन सकेका छैनन् । दलहरुले धावन मार्ग बिस्ताको कामलाई सम्पन्न गर्न र हवाई सेवा सुचारु गर्नु तदारुकता देखाउन जरुरी छ ।