
विश्वविख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सन मृत भेटिएकी छन् ।
मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी ४९ वर्षीया नेल्सनको आज बिहान शव फेला परेको हो । मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भिमाथाङ क्षेत्रबाट हराएकी थिइन् ।
उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो । उनीहरुले शव भेटेको खबर गरेका थिए ।
हेलिकोप्टरमार्फत् उनको शव गोरखाको सामागाउँ हुँदै काठमाडौं ल्याइने छ । नेल्सन दुई दशकदेखि हिमाल आरोहणमा संलग्न थिइन् ।