
गायक हरी पौडेल र गायिका मनिषा राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।
सार्वजनिक ‘किन यस्तो भो’बोलको गीतमा शब्द तथा संगीत हरी पौडेलको रहेको छ। राजु कार्कीको संगीत संयोजन रहेको गीत लोक शैलीमा बनेको छ।
कृष्ण पौडेलले निर्देशन गरेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका छन्।
भिडियोमा आमेश भण्डारी र अस्मि थापा फिचर्ड छन्। भिडियो हरी पौडेलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।