८ बैशाख २०८२, सोमबार

संघीय संसदमा नयाँ नक्सासहितको लोगो राखियो

Nepals New map in Parliament

संघीय संसदमा नेपालको नयाँ नक्सासहितको लोगो राखिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सासहितको लोगो राखिएको हो ।

मन्त्रिपरिषदको ५ जेठको बैठकले भारतको कब्जामा रहेका नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटिएको नयाँ नक्सा स्वीकृत गरेको थियो । सो नयाँ नक्सा ७ जेठमा भूमि व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको थियो ।

नयाँ नक्सा जारी भएसँगै संविधान संशोधनको प्रक्रिया पनि अघि बढाइएको छ । साथै सांसदहरुले लगाउने प्रतीक चिह्न ९लोगो० फेर्ने काम पनि अघि बढाइएको संसद सचिवालयले जनाएको छ ।

https://www.facebook.com/nepalghatana/videos/179758043380149/?v=179758043380149&notif_id=1590474606215923&notif_t=live_video