
सातौं राष्ट्रिय खेलकुदको सफल आयोजनापछि इटहरी रंगशालालाई स्पोर्ट्स कम्प्लेक्समा परिणत गर्न राष्ट्रिय खेलकुद परिषदले ३७ करोड रुपैयााभन्दा बढी लगानी गर्यो । तर, अहिले सम्बन्धित निकायको बेवास्ताले रंगशालाको लगानी बालुवामा पानीसरह भएको छ
गुमनाम रहेको इटहरी रंगशालाले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका बेला नयाा स्वरुप पायो । प्रतियोगिताको सफल आयोजनापछि खेलकूद परिषद्ले ३७ करोड रुपैयााभन्दा बढी लगानी पनि गर्यो । तर संरक्षणमा तीनै तहका सरकारबीच समन्वय नहुादा रंगशाला जीर्ण बन्ने अवस्थामा पुगेको छ ।
केही संघसंस्थाले सरसफाइ गरेर प्रतियोगिता आयोजना गरे पनि पर्याप्त छैन । ४ हजार दर्शक क्षमताको भीआइपी प्यारापिटसहित बिभिन्न १५ खेल एकैपटक सञ्चालन गर्न सकिने इटहरी रंगशालालाई पूर्वको सपनाको रुपमा परिभाषित गरिएको थियो ।
नवौ राष्ट्रिय खेलकुदका लागि पोखरा रंगशाला झकिझकाउ हाुदा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य हव इटहरी रंगशाला भने संरक्षणको पर्खाइमा छ ।
दुई बर्षअघि तत्कालीन सदस्यसचिव रमेश सिलवालको पहलमा खेलकुद परिषद्ले सहिद रंगशालाको स्वामित्व विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । त्यति नै बेला इटहरी रंगशाला पनि स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्ने आवाज उठेको हो । तर, स्थानीय सरकारले संरक्षणको जिम्मा पाएन । अहिलेसम्म पनि स्वामित्व हस्तान्तरणमा परिषद्ले चासो नदेखाउादा रंगशाला अलपत्र बनेको छ ।