७ बैशाख २०८२, आईतवार

मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धन र एमालेभित्र उम्मेदवारी दर्तामा चरम असन्तुष्टी

gathbandan vs uml
फाइल फोटो

मंसिर ४ गते हुने संघ र प्रदेशको निर्बाचनमा मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धन र एमालेभित्र उम्मेदवारी दर्तामा चरम असन्तुष्टी देखिएको छ ।

मकवानपुरमा एमालेका उम्मेद्वार रामेश्वर रानाको ठाउामा कमल थापाले उम्मेद्वारी दिएपछि एमाले कार्यकर्ताले पार्टी कार्यालय तालाबन्दी नै गरे । काभ्रे धादिङ र सिन्धुलीमा गठबन्धन र एमालेका उम्मेद्वारहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

बागमती प्रदेशको राजधानी मकवानपुर क्षेत्रनम्बर १ बाट एमालेका उम्मेद्वारका रुपमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो उम्मेद्वारी दर्ता गरे । सहज जीतका लागि आफुले एमालेको सुर्य चिन्हबाट निर्वाचन लडेको थापाको भनाई छ ।

मकवानपुर क्षेत्रनम्बर २ मा एमालेले युवा नेता महेश बर्तौलालाई अघि सारेको छ । गठबन्धनबाट क्षेत्र नम्बर १ मा कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय र क्षेत्रनम्बर २ मा नेकपा समाजवादीका नेता बिरोध खतिवडा उम्मेद्वार बनेका छन् ।

यसअघि एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचन लड्ने भनिएको चितवन क्षेत्रनम्बर ३ मा गठबन्धनका तर्फबाट डाक्टर भोजराज अधिकारीले उम्मेद्वारी दर्ता गरे ।

यस्तै एमाले नेता सुरेन्द्र पाण्डे चितवन १ र बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा समाजवादीका नेता राजेन्द्र पाण्डेले धादिङ १ बाट वारेश मार्फत उम्मेदवारी दर्ता गराए ।

बागमती प्रदेशमा सत्ता गठबन्धन र एमालेका तर्फबाट प्रत्यक्ष तर्फ अधिकांस पुरुष उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । यी बाहेक अन्य दलले समेत महिला सहभागिता बढाउन सकेनन् ।

बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य यो निर्वाचनमा उम्मेदवार नै बनेनन् । युवा नेतृत्व अघि बढाउन दुबै पुर्व मुख्यमन्त्रीले निर्वाचनमा सहभागित नजनाएको दाबी गरेका छन् ।