
लोकतान्त्रिक गणतन्त्रमा पनि लामो समयसम्म राजतन्त्रको वकालत गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा अहिले नेकपा एमालेका उम्मेदवार बनेर निर्वाचनमा होमिएपछि मकवानपुर क्षेत्र नं. १ को प्रतिस्पर्धा रोचक बनेको छ ।
यति मात्र होइन, मकवानपुरमा पटकपटक निर्वाचन हारेका नेताहरुले यस पटक पनि अवसर पाएका छन् । यो पटक क्षेत्र नं. १ मा नेकपा एमालेको सहयोग पाएको राप्रपा नेपाल, नेपाली कांग्रेस र राप्रपाका उम्मेदवार मुख्य प्रतिस्पर्धी देखिएका छन् ।
मकवानपुर क्षेत्र नं. १ मा राप्रपा नेपालका अध्यक्षसमेत रहेका एमालेका उम्मेदवार कमल थापा, कांग्रेस सह-महामन्त्री महालक्ष्मी डिना उपाध्याय र राप्रपाका नेता दिपकबहादुर सिंह प्रतिस्पर्धामा छन् ।
पन्चायतदेखि पटकपटक गरेर सातपटक निर्वाचन लडेका थापासाग ३ पटक जितेको अनुभव छ । यस्तै कांग्रेस सहमहामन्त्री डिना उपाध्यायसाग २०४८ सालयता ३ पटक उम्मेदवार बनेर हारेको मात्रै अनुभव छ । यसपटक सत्ता गठबन्धनबाट उम्मेदवार बनेकाले उनी जित्नेमा आशावादी छिन् ।
विगतमा पटक-पटक एमालेका उम्मेदवारसाग पराजित थापा यस पटक एमालेकै उम्मेदवार बने । उनी अहिले एमालेको नीतिकै वकालत गरेर मत माग्न थालेका छन् ।
गत स्थानीय निर्वाचनमा सम्मानजनक मत पाएर पराजित भएका राप्रपाका नेता दिपकबहादुर सिाहसाग पनि ४ पटक निर्वाचन हारेको अनुभव छ ।
गठबन्धनभित्रको विवाद र थापा उम्मेदवार बन्दा एमाले कार्यकर्तामा देखिएको निराशाले उनलाई उत्साहित बनाएको छ । तर पटक-पटक पराजित भएर पनि निरन्तर निर्वाचनमा होमिएका तीन जनाबीचको प्रतिस्पर्धा नै रोमाञ्चक मानिएको छ ।
एमाले रुपन्देहीका ३१ जनाको राजीनामा
रुपन्देही क्षेत्र नं. २ बाट सत्ता गठबन्धनका सहित ३ जनाको उम्मेदवारी रद्द भएपछि नेकपा एमाले उत्साहित भएको छ । मुख्य प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार पाखा लागेपछि एमालेले आफ्ना उम्मेदवार विष्णु पौडेललाई सहज भएको विश्लेषण गरेको छ । तर गठबन्धनले अन्य कुनै उम्मेदवारलाई सहयोग गर्यो भने एमालेलाई चुनौती बन्न सक्छ ।
रुपन्देहीको क्षेत्र नम्बर २ बाट लगातार तीन पटक चुनाव जितेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई टक्कर दिन गठबन्धनले उनकै पूर्वकार्यकर्ता एकीकृत समाजवादीका राजु गुरूङलाई उमेदवार बनाएको थियो । तर, गुरूङले बैंकिङ कसुरमा सजाय पाएको पुष्टि भएपछि उनको उम्मेदवारी नै खारेज भएको हो ।
गुरुङ मात्र होइन, यही क्षेत्रबाट उम्मेदवारी दिएका हाम्रो नेपाली पार्टीका निकोलेस भनिने कमल भुसालको पनि उम्मेदवारी खारेज भएको छ । भुसाल सरकारी कोटाको शिक्षण अस्पतालमा चिकित्साशास्त्र पढ्दै गरेको उजुरी परेपछि योग्यता नपुगेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको छ । यस्तै स्वतन्त्रका हिमाल बस्यालको पनि उम्मेदवारी रद्द भएको छ । तीन जनाको उम्मेदवारी फिर्ता लिएपछि मतदातासमेत अन्योलमा छन् ।
रुपन्देहीबाट लगातार जित्दै आएका एमालेका पौडेल प्रतिस्पर्धीहरु पाखा लागेपछि उत्साहित छन् ।
१ लाख २६ हजार ८०७ मतदाता रहेको रुपन्देही २ मा अब … उम्मेदवार बााकी छन् । तीमध्ये गठबन्धन दलले कुनै एकलाई समर्थन गरेमा एमालेका पौडेललाई चुनौती बन्न सक्छ ।