१० बैशाख २०८२, बुधबार

उद्घाटन भोलि नवौं राष्ट्रिय खेलकुदको तर पूर्वाधार नै छैन

1651896134 9th National game maskat Logo

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा भोलि सुरु हुँदैछ । तर, गन्जागोल व्यवस्थापनका कारण प्रतियोगिता विवादित छ । २०७७ सालमै हुनुपर्ने प्रतियोगिता दुई वर्ष ढिला गरी गर्दा पनि राष्ट्रिय खेलकुद परिषद्को व्यवस्थापन कमजोर देखिएको छ । प्रतियोगिता उद्घाटन हुने बेलासम्म न पूर्वाधार तयार छ न त खेल सामग्री नै उपलब्ध छन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष हक्की बिहीबारदेखि पोखरामा सुरु हुने तालिका थियो । तर, सहभागी टिम र दर्शक गौरीशंकर खेलमैदान हेम्जा पुग्दा मैदान नै तयार भएको थिएन । महिलातर्फको हक्की प्रतियोगिता पनि बिहान ७ बजे सुरु हुनुपर्नेमा खेलाडीलाई समयमै जर्सी उपलब्ध नगराउँदा ढिला भयो ।

बिहीबारबाटै सुरु भएको पुरुष फुटबल पनि प्रदेश १ र एनआरएनएबीच खेलाडीको विषयमा अन्योल सिर्जना हुादा विवादित बन्यो । राष्ट्रिय खेलकुद परिषद्ले २३ गतेदेखि महिला क्रिकेट कार्पेटमा खेलाइरहेको छ । ६० करोड रुपैयाँभन्दा बढी बजेटको प्रतियोगिताको व्यवस्थापनमा देखिएका यी केही उदाहरण मात्र हुन् ।

पूर्वाधार निर्माणमा टेवा पुगोस् भनेरै हरेक प्रदेशमा राष्ट्रिय खेलको अवधारणा सुरु भएको हो । तर, गण्डकीमा खेल पूर्वाधार निर्माण गर्नैपर्ने जिम्मेवारी राखेपले पुरा गरेन । कतिपय खेल गण्डकी प्रदेशभन्दा बाहिरै खेलाउनुपर्ने बाध्यता छ । ३९ वर्षपछि गण्डकीमा राष्ट्रिय खेलकुद प्रतियोगिता भए पनि राखेपले अपनत्व दिलाउन सकेन ।

राष्ट्रिय खेलकुद परिषद् भने कमजोरी स्वीकार्न तयार छैन । तयारी नपुग्नुमा मौसमलाई दोष दिएर राखेप पन्छिने प्रयास गर्दैछ ।

प्रतियोगितामा सहभागी ३६ खेलका १३ सय ८६ पदकका लागि ६ हजारभन्दा बढी खेलाडी गण्डकी पुगिसकेका छन् । तर, राखेपको कमजोर व्यवस्थापनले धेरैलाई खेल कहाा र कहिले हुने भन्ने नै जानकारीसम्म नहुँदा प्रतियोगिता फिक्का सावित हुने जोखिम देखिएको छ ।