२ बैशाख २०८२, मंगलवार

संखुवासभामा साना दलबाट नयाँ अनुहार चुनाबी मैदानमा

Capture 1 1

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा संखुवासभामा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । २०७० देखि सुरु भएको कांग्रेसका दीपक खड्का र एमालेका राजेन्द्रप्रसाद गौतमको उम्मेदवारी तेस्रो पटक पनि कायमै छ ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा संखुवासभामा कांग्रेसका दीपक खड्काले एमालेका राजेन्द्रप्रसाद गौतमलाई साढे ६ सय मतले पराजित गरे ।

०७४ को निर्वाचनमा खड्कालाई हराउँदै बाम गठबन्धनबाट गौतमले ११ सय ३४ मत ल्याएर जित हात पारे । यसपटक पनि खड्का र गौतम चुनावी मैदानमा उत्रिएका छन् ।

दुबै उमेद्वारले किमाथांका खाँदबारी सडकदेखि अरुणबाट उत्पादन हुने जलविद्युत आयोजना, शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकतामा राखेको बताउँदै आएका छन् ।

संखुवासभाको प्रदेश क र प्रदेश ख मा भने सत्तागठबन्धन र एमालेले नयाँ अनुहारका नेतालाई उमेद्वार बनाएका छन् । गठबन्धनका तर्फबाट प्रदेश क मा माओबादी केन्द्रका राजेन्द्र कार्की र प्रदेश ख मा एकिकृत समाजबादीका सरिता खड्काले उम्मेदवारी दिएका छन् । एमालेका तर्फबाट प्रदेश क मा भविश्वर गुरुड र प्रदेश ख मा विदुर लिंथेपले उमेद्वारी दर्ता गराएका छन् ।

साना दलले पनि नयाँ अनुहारलाई चुनाबी मैदानमा उतारेका छन् । चुनावमा होमिएका गठबन्धन दल, एमाले र साना दलहरुले अहिलेसम्म चुनावी एजेन्डा सार्वजनिक गरेका छैनन् । यो पटकको निर्वाचनमा संखुवासभामा प्रतिनिधिसभामा २, प्रदेशसभामा ४ स्वतन्त्र सहित ३० जना उमेद्वार चुनाबी मैदानमा उत्रिएका छन् ।

Capture 3
dipak