
प्रदेश २ मा आज थप ७६ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालाका अनुसार नयाँ संक्रमितमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना रहेका छन् ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९ सय ६२ जना पुगेको छ । जसमध्ये १ सय ८३ व्यक्ति निको हुँदा ५ जना संक्रमितले ज्यान गुमाएका छन् ।
सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
संक्रमित हुनेहरुमा रौतहटको राजदेवीका २१ वर्षीय, २४ वर्षीय र ३० बर्षिय पुरुष छन् । धनुषाको जनकनन्दीनी- ४ का १९ वर्षीय पुरुष, धनुषाकै लक्ष्मनियाँ स्वास्थ्य चौकीमा रहेका २७, ५०, ४०, २०, २९, २२, १८, ४०, २०, ४८, १८, ५७, ४२ वर्षीय पुरुष, २९ र १४ वर्षीया महिला, ४ वर्षीया बालिकामा र पुरुषको नाम भएका तर फर्ममा महिला लेखिएको एकजनामा संक्रमण पुष्टि भएको छ ।
धनुषाको स्वास्थ्य कार्यालयका ३१ र ७० वर्षका दुईजनासँगै जलेश्वरका ४३, ५२, २२, २१, १८ वर्षीय पुरुषहरु र उमेर नखुलेको एकजना, महोत्तरीको जलेश्वरस्थित क्वारेन्टाइनमा रहेका ४५, १५, २१, ४५, २०, २२, १९, २०, ३२, २१, २६, २१ वर्षका पुरुषहरु, जलेश्वर पिपिएचएलका २२ वर्षकी महिलासहित १९, ३७, २१, ३१, २५ र २८ वर्षका पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको छ ।
त्यसैगरी सप्तरीको बोदेबसाईन ३० वर्ष, ४२ वर्ष, २१ वर्ष, ३० वर्ष, ३३ वर्ष, २९ वर्ष, १८ वर्ष, ३७ वर्ष, ३० वर्ष, १९ वर्ष, २७ वर्ष र ३७ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । सप्तरीबाटै स्वाब संकलन भएकोमा पछिल्लो ३७ वर्षीय पुरुषको ठेगाना फर्ममा क्लियर नरहेको प्रयोगशालाले जनाएको छ ।
यसैगरि स्याङ्जाको वालिङमा ३ जना कोरोना संक्रमित थपिएका छन् । वालिङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका २६ र २२ वर्षका २ जना पुरुष तथा ३९ वर्षकी महिला गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिए ।
उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् । संक्रमित तीनै ३ जनालाई सदरमुकामस्थित सरकारी अस्पताल ल्याउने तयारी भइरहेको छ । यससँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।
सिराहाको एल पथरीका १८ वर्षीय, बरियारपट्टीका २५, १८, ४०, २५ वर्षीय पुरुष र एकजना उमेर नखुलेका व्यक्ति संक्रमित रहेको राष्ट्रिय प्रयोगशालाले जानकारी दिएको छ ।
त्यसैगरी सप्तरीको बोदेबासाईनका ४७ वर्षीय र विष्णुपुरका ३२ वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
बिहीबार बिहान मात्रै स्याङ्जामा ३ जना र नवलपुरका एकजनामा पनि कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८२ पुगेको छ । जसमध्ये १८३ जना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् भने पाँच जनाको मृत्यु भएको छ ।
बुधबार मात्रै एकैदिन १३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने एक जनाको मृत्यु भएको थियो ।
