
सरकारले ज्येष्ठ नागरिकलाई दिइदै आएको सामाजिक सुरक्षा भत्ता निरन्तर रहने जानकारी दिएको छ ।
आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सामाजिक सुरक्षाका लागि ६७ अर्ब ५० करोड रुपैया विनियोजन गरेको बताए ।
उनले ज्येष्ठ नागरिकका लागि एकलाख रुपैयाँसम्मको उपचार खर्च सरकारले व्यहोर्ने घोषणा गरे । त्यस्तै ४ लाख विपन्न परिवारले निशुल्क रुपमा स्वास्थ्य बिमा गराउनेगरी बजेटको व्यवस्था गरेको बताए ।
गरिब परिचयपत्र वितरण आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने समेत उनले बताए ।
सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब
सरकारले आउँदो आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि ६७ अर्ब ५० करोड छुट्याएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै सामाजिक क्षेत्रमा यो रकम विनियोजन गरिएको बताएका हुन् ।
त्यसैगरी सरकारले हरेक स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा केन्द्र निर्माण हुन बाँकी रहेका स्थानीय तह र वडामा केन्द्र स्थापना गरिने जानकारी दिए ।
उनले सरकारले हाल सञ्चालनमा रहेका सबै सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिँदै त्यसका लागि ६७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।