
हाम्रो समाजमा अझै पनि एउटी महिला आमा बनिसकेपछि आफ्ना सपनाहरुसाग सम्झौता गर्नुपर्छ भन्ने मानसिकता छ । तर, यसो भन्नेहरुलाई लागि बिन्द्रा श्रेष्ठले पोखरा रंगशालाबाट गतिलो जवाफ दिएकी छन् ।
उनको सन्देश छ- सन्तानको जन्मपछि महिला अझ बढी आत्मविश्वासी, निडर र शक्तिशाली हुन्छिन् । ३८ वर्षीया बिन्द्राले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत म्याराथनमा स्वर्ण जितेर गर्विलो सन्देश दिएकी हुन् ।
ललितपुरस्थित घरमै रहेकी आठ वर्षीया छोरीले मंगलबार बिहानै बिन्द्रालाई फोन गरिन् र भनिन्- मैले मन्दिरमा गएर तपाईंका लागि प्रार्थना गरेकी छु । म्याराथनमा डेब्यु गरेकी उनलाई छोरीको फोनले ऊर्जा थप्यो ।
नवौं राष्ट्रिय खेलकुदमा एपीएफ क्लबबाट सहभागी बिन्द्राले म्याराथनमा स्वर्ण पदक जितिन् । उनले यो स्वर्ण आफ्नाङ्ग लागि प्रार्थना गर्ने छोरीलाई समपर्ण गरिन् । ४२ किलोमिटर दौडिनु चानचुने थिएंन ।
आर्मीकी विश्वरुपा बुढा र पुष्पा भण्डारी जस्ता दक्षिण एसियाली खेलकुदका पदकधारी प्रतिस्पर्धी थिए । पहिलो हुन सहज थिएन । सुरुमा बिन्द्रा पनि स्वर्ण जित्नेमा ढुक्क थिइनन् ।
पाँचौं संस्करणदेखि राष्ट्रिय खेलकुदमा सहभागी बिन्द्रा हाफ म्याराथनमा सफल खेलाडी हुन् । छैटौमा उनले तीन स्वर्ण र एक कास्य जितेकी थिइन् । छोरी सानी भएकाले सातौ संस्करण गुमाइन् ।
आठौंमा पुनरागमन गर्दै कास्य जितेकी बि्रन्दाले झण्डै दुई दशक लामो व्यावसायिक करियरलाई अघि बढाउने कि यही टुंग्याउने निर्णय लिइसकेकी छैनन् ।