
सरकारले लकडाउनका कारण बन्द अवस्थामा रहेका उत्पादनमूलक उद्योगको विद्युत महशुलमा छुट दिने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।
लकडाउन अवधिभर बन्द उद्योगले विद्युतको डिमाण्ड शुल्क छुट पाउने र माग कम हुने समयको विद्युत खपतको महशुलमा ५० प्रतिशुत छुट दिने घोषणा सरकारले गरेको छ ।
१० युनिट खपत गर्नेलाई विद्युत निःशुल्क, १५० युनिट खपत गर्दा २० प्रतिशत छुट
बजेटमा विद्युत उपभोक्ताका लागि भारी छुट दिने घोषणा गरिएको छ। आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरिएको हो ।
प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले मासिक १० युनिट खपत गर्ने उपभोक्तालाई शुल्क नलाग्ने घोषणा गरे । मासिक १५० युनिट बिजुली खपत गर्ने उपभोक्ताले २० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेले १५ प्रतिशत छुट पाउने बजेटमा घोषणा गरिएको छ ।
त्यसका साथै, खानेपानी र सिँचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत शुल्क मिनाहा गर्ने र महशुलमा पनि सहुलियत दिने व्यवस्था गरिएको बजेटमा उल्लेख छ ।
६० वटा मालपोत स्थानीय तहलाई हस्तान्तरण गरिने
अर्थमन्त्री युवराज खतिवडाले ६० वटा मालपोत र नापी कार्यालय स्थानीय तहलाई अभिलेख सहित हस्तान्तरण गरिने बताएका छन् ।
जग्गा प्रशासन सम्बन्धी श्रेष्तालाई भूआवद्ध सुचना प्रणालीमा आवद्ध गर्ने र सुचना प्रणालीमा आधारित घरजग्गा दर्ता प्रणाली कार्यान्वयनमा ल्याइने उनको भनाई छ ।