
सरकारले आगामी आर्थिक वर्षबाट नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट उत्पादन थालिने भएको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका छन्।
धौवादीमा रहेको फलाम उद्योगका लागि आवश्यक पहुँचमार्ग र सबै पूवार्धार तयार पारी उत्पादन थालिने घोषणा अर्थमन्त्रीले गरेका हुन्।
सुर्खेतमा बहुमूल्य पत्थरको प्रशोधन केन्द्र स्थापना गरिने
सरकारले सुर्खेतमा बहुमूल्य पत्थरको प्रशोधन केन्द्र स्थापना गरिनेछ ।
आर्थिक वर्ष २०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले सरकारले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बहुमुल्य पत्थरको प्रशोधन केन्द्र स्थापना गर्ने बताएका हुन् ।
त्यस्तै कर्णाली प्रदेशकै जिल्ला दैलेखमा पनि प्रसोधन केन्द्रको स्थापना गरिने अर्थमन्त्री खतिवडाले बताएका छन् ।