
सरकारले खाद्य र पेय पदार्थको मापदण्ड निर्धारण गरी मापदण्ड पूरा नभएका वस्तुको आयातमा रोक लगाउने भएको छ । यस्तै नाकामा क्वारेन्टाइन स्थापना गर्ने भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को बजेट विनियोजन गदै अर्थमन्त्री युवराज खतिवडाले सरकारले खाद्य र पेय पदार्थको मापदण्ड निर्माण गरी मापदण्ड पूरा नभएका वस्तुलाई रोक लगाउने बताए ।
३ लाख १० हजार मेट्रिक टन क्षमताको भण्डार गृह निर्माण गरिने
सरकारले आगामी आर्थिक २०७७/७८ मा संघ, प्रदेश र स्थानीय तिनै तहमा ३ लाख १० हजार मेट्रिक टन क्षमताको भण्डार गृह निर्माण गरिने बताएको छ।
बिहीबार अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक संस्थानको भण्डारण क्षमता बढाउन र बिक्री केन्द्र स्थापना गर्न आवश्यक बजेट विनियोजन गरिएको बताएका छन्।
त्यसका साथै सबै स्थानीय तहमा खाद्य भण्डार स्थापना गर्न प्रोत्साहन गरिने अर्थमन्त्री खतिवडाले बताए।