
सरकारले अब सुरक्षाकर्मीले लगाउने पोसाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने भएको छ । आज (बिहीबार) आर्थिक वर्ष २०७७–७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।
‘राज्यको सुरक्षामा खटिएका सुरक्षाकर्मीले लगाउन पोशाक र जुत्ता स्वदेशमै उत्पादनको व्यवस्था मिलाइने’, अर्थमन्त्री खतिवडाले भने ।
मन्त्री खतिवडाले कोरोना भाइरसको संक्रमण नियन्त्रण भए लगत्तै आवश्यक स्वास्थ्य सुरक्षा कायम गरी सहज सञ्चालमा ल्याइने छ । स्वदेशी उद्योगलाई कर प्रणालीमा प्रोत्साहन गरिने उनको भनाइ छ ।
एक प्रेदश एक पर्यटकीय गन्तव्यको स्थापना गरिने छ । त्यसका लागि सरकारले एक अर्ब २६ करोड रकम विनियोजन गरेको छ ।
युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड विनियोजन
स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरमा सुविधा सम्पन्न खेलकुद पूर्वाधारको निर्माण तथा स्तरोन्नतीको कार्यलाई सुरु गर्न आवश्यक रकम विनियोजन गरिएको छ ।
नवौं राष्ट्रिय खेलकुदका लागि खेलकुद पूर्वाधारको कमी भएको कर्णली प्रदेशमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता सञ्चालन हुन सक्नेगरी उच्च पर्वतीय तालिम केन्द्र स्थापना गर्ने र थप कभर्ड हल निर्माण गरिनेछ ।
बजेटको ठूलो हिस्सा भने राष्ट्रिय खेलकुद परिषद्ले पाउनेछ भने युवा तथा खेलकुद मन्त्रालयको बजेट युवा परिषद्, स्काउट, राष्ट्रिय खेलकुद परिषद्, मन्त्रालय र युवा स्वरोजगार कार्यक्रम गरी चार शीर्षकमा विभाजन हुनेछ।