९ बैशाख २०८२, मंगलवार

प्रतिष्पर्धा रोचक काठमाडौं- ४ मा: कांग्रेसका थापा र एमालेका भट्टराईसहित ३१ जना मैदानमा

Gagan thapa Rajan bhattarai

मंसिर चार गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं- ४ मा हुने प्रतिस्पर्धालाई लिएर राजनीतिक तहमा चासो धेरै छ ।

भावी प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेस महामन्त्री गगन थापा र एमालेका प्रभावशाली नेता राजन भट्टराई दोस्रो पटक मैदानमा उत्रिएका छन् ।

कूल ३१ उम्मेदवार रहेको यो क्षेत्रमा अन्य दल र स्वतन्त्रले पनि ठूला दलका उम्मेदवारलाई चुनौती दिएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ बाट यसअघि नै २ पटक निर्वाचित कांग्रेस महामन्त्री गगन थापा सत्ता गठबन्धनको तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् । अघिल्लो चुनावमा उनीसँगै पराजित एमाले विदेश विभाग प्रमुख राजन भट्टराई यसपालि पनि मैदानमा छन् ।

अध्यक्ष केपी शर्मा ओली निकट भट्टराई पार्टीको आन्तरिक राजनीतिमा पनि प्रभावशाली मानिन्छन् । अघिल्लो चुनावमा व्यहोरेको नतिजा उल्ट्याउने उनको योजना छ।

दलका १७ र स्वतन्त्र १४ गरी ३१ उम्मेदवार रहेको काठमाडौं-४ मा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुनसक्छ । त्यसो त ठूला दलका उम्मेदवारलाई स्वतन्त्र र राप्रपाका ठाकुरमोहन श्रेष्ठले चुनौती दिँदैछन् । काठमाडौं- ४ मा ३६ हजार २७७ महिला सहित ६९ हजार ७५२ मतदाता छन् ।