
सरकारले आगामी आर्थिक वर्षमा १ हजार २ सय मेगावाट विजुली उत्पादन सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने घोषणा गरेको छ।
बिहीबार आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्ष आधा दर्जन जलविद्युत आयोजना निर्माण सुरु गर्ने घोषणा गर्दै उज्यालो नेपाल मार्फत दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विजुली पुर्याउने बताएका हुन्।
आउँदो वर्ष बुढीगण्डकीको लगानी ढाँचा यकिन हुन्छ – अर्थमन्त्री
सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रिय गौरवका पश्चिम सेती जलविद्युत आयोजना र बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको मोडालिटी तय गर्ने घोषणा गरेको छ। निर्माण ढाँचा नै तय नभइ अन्यौलमा रहेका ७५० र १२ सय मेगावाट क्षमताका दुवै राष्ट्रिय गौरवका आयोजनाको निर्माण ढाँचा तय गर्ने घोषणा बजेटमार्फत गरिएको छ।