
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सल्यानमा प्रमुख दलका नेता-कार्यकर्ता र उम्मेदवार मतदाता रिझाउन घरदैलोमा पुगेका छन्। अहिले अन्नबाली भित्र्याउने समय भएकाले सल्यानका जनता आ – आफ्नै काममा व्यस्त हुँदा दलहरूले चुनावी प्रचारको शैली नै फेरेका छन् ।
चुनाव प्रचार प्रसारका लागि गाउँगाउँ पुगेका उम्मेदवार आˆनो पक्षमा मतदान गराउन खेतबारीसम्म धाउन थालेका छन् । दलका चुनावी प्रचारको पहिलो चरण भएको र यति बेला मतदातालाई वर्ष भरी खाने अन्नबाली भित्र्याउन फुर्सद नभएपछि उम्मेदवारहरु नै खेतबारीमा पुगेर धान काटनेदेखि धान चुटनेसम्मको काममा सहभागी भइरहेका छन् ।
सल्यानमा यतिबेला घरदैलो र खेतबारीमा पुगेर परिचय र आत्मीयता पनि बढ्ने भएकाले यस्तो अभियानलाई प्राथमिकता दिएर भोट मागिरहेको बताउछन् ।
कोही उम्मेदवारले बिगतमा आफुहरुले सुरु गरेका र अधुरा रहेका बिकास निर्माणका कामलाई प्राथामिकतामा राखेर जनाताको घरदैलोमा पुग्न थालेका छन भने कोही उम्मेदवार सामान्य भेटघाटमा व्यस्त छन् ।
निवार्चन आयोगले आचार संहितामा कडाई गरेपछि प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारले यो शैली अपनाएका छन् । सल्यानमा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका ज्वाला र एमालेका राजेन्ऽवीर राय मुख्य प्रतिस्पर्धी छन् ।