
अष्ट्रलियामा जारी टी२० विश्वकपअन्तर्गत शुक्रवारको लागि तय भएको अफगानिस्तान र आयरल्याण्डबीचको खेल रद्द भएको छ।
वर्षाको कारण खेल सुरु हुनुअघि नै रद्द भएको हो। यसअघि अफगानिस्तानको न्युजिल्याण्डसँगको खेल पनि रद्द भएको थियो। वर्षाका कारण अष्ट्रलियाको जनजीवनसमेत प्रभावित भएको छ ।
आयरल्याण्डले भने तीन खेलबाट ३ अङ्क हात पारेको छ।
टी२० विश्वकपअन्तर्गत आजको दोस्रो खेलमा अष्ट्रेलिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।