८ बैशाख २०८२, सोमबार

नयाँबजारबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

arest

काठमाडौं महानगरपालिका–६ नयाँबजार गितान्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१ बस्ने ४३ वर्षीय रोशन ठकुरी समेत १० जना छन् । उनीहरुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ४२ हजार रुपैयाँ, कौडा १६ वटा र मोबाइल ११ वटा सहित पक्राउ गरेको हो ।

विभिन्न स्थानमा अवैध लागूऔषधसहित चार जना पक्राउ 

देशका विभिन्न स्थानमा अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

झापाको बिर्तामोड नगरपालिका–४ बाट  १ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगरसहित बाह्रदर्शी गाउँपालिका–१ बस्ने २५ वर्षीय दिपेन्द्र राजवंशी लगायत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टा झापाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

सुर्खेतको भेरीगंगा नगरपालिका–१० तोली खोलाबाट करिब ३ ग्राम ४४ मिलिग्राम हेरोइनसहित सोही नगरपालिका–१३ बस्ने २० वर्षीय किरण चन्दलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय छिन्छुबाट खटिएको प्रहरीले नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको बा.४ ख ५३२८ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त हेरोइनसहित फेला पारी गाडीमा सवार उनलाई पक्राउ गरेको हो । 

बाँकेको खजुरा गाउँपालिका–७ बठवा चोकबाट करिब ५० ग्राम गाँजासहित सोही गाउँपालिका–४ डि गाउँ बस्ने १९ वर्षीय सुशान्त गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा उक्त गाँजा खजुरा गाउँपालिका–७ बठवा बस्ने २५ वर्षीय रहिस दर्जीको घरबाट किनी ल्याएको बताएपछि दर्जीको घरबाट थप ६ केजी लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । हाल फरार दर्जीको प्रहरीले खोजी गरिरहेको छ ।

    सम्बन्धित समाचार...