७ बैशाख २०८२, आईतवार

चीनमा उत्पादित विद्युतीय सवारी ह्वाजी मिनी इभी अब नेपालमा पनि पाँच रंगमा उपलब्ध

mini

चीनमा उत्पादित  विद्युतीय सवारी  ह्वाजी मिनी इभी अब नेपालमा पनि पाँच रंगमा  उपलब्ध हुने भएको छ । 
बढ्दो पेट्रोलियम पर्दाथको मूल्यका बिचमा नेपालमा पनि विद्युतीय सवारीसाधनको आकर्षण बढिरहेका बेला ह्वाजी मिनी इभीले सेतो, रातो, कालो, पहेँलो र हरियोसहित पाँच रंगको विकल्प दिएर करिब एक महिनामा काठमाडौँबाट  बिक्री वितरण  सुरू गर्ने तयारी गरेको छ । 

जसका लागि उत्पादक कम्पनी ह्वाजी भेहिकल्स र हिमालयाज भेहिकल भेञ्चर (एचभिभी) प्रालिबिच आधिकारिक सम्झौता भइसकेको छ । कम्पनीका प्रतिनिधि पशुपति दवाडीका अनुसार अबको करिब एक महिनामा  काठमाडौँमा ह्वाजी मिनी इभीको शोरुम र सर्भिस सेन्टर सञ्चालनमा ल्याइने भएको छ । 

उपभोक्ताहरुले यसको डिजाइन तथा फिचरबारे जिज्ञासा राखेका बेला ह्वाजी मिनी इभी परम्परागत चारपाङ्ग्रे मोटरकै डिजाइनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधि  दवाडीका अनुसार यसको अग्रभागको दुई छेउमा गोलाकार हेडल्याम्प हुनेछ भने मध्यभागमा ह्वाजी मिनी इभीको लोगो हुनेछ । 

५ दशमलव ५ इन्चको एलसिडी इन्स्ट्रुमेन्ट कन्सोल तथा ब्लुटुथ कनेक्टिभिटी सहितको ९ इन्चको इन्फोटेन्मेन्ट सिस्टम रहने ह्वाजी मिनी इभीमा आकर्षक लेदर–सिट उपलब्ध छ।  यसको अर्को सकारात्मक पक्ष यसको ब्याट्री पनि हो । 
जुन ह्वाजी मिनी इभीमा १८ दशमलव ४३ केडब्ल्युएच लिथियम–आयन ब्याट्री जडान गरिएको  कम्पनीले जनाएको छ । ह्वाजी मिनी इभीको मूल्य एक सातमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।