
महसा अमिनीको हिरासतमा निधन भएपछि इरानी सुरक्षा बलहरूले राष्ट्रव्यापी विरोध प्रदर्शनमा कम्तिमा ३२६ जनाको निधन भएको इरान मानव अधिकार (आईएचआर)ले जनाएको छ ।
प्रहरी हिरासतमा रहेकी युवती अमिनीको सेप्टेम्बर १६ मा निधनलाई लिएर महिलाहरूले देशभर प्रदर्शन गर्दै आएका छन् ।
ड्रेस कोडको कथित उल्लंघन गरेको आरोपमा गिरफ्तार भएको तीन दिनपछि अमिनीको निधन भएको थियो । उनको निधनले इस्लामिक गणतन्त्रमा विरोध चर्किएको छ ।
ओस्लोमा रहेको आईएचआरले आफ्नो वेबसाइटमा पोष्ट गरेको विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्रव्यापी प्रदर्शनमा सुरक्षा बलहरूले ४३ बालबालिका र २५ महिलासहित कम्तीमा ३२६ जनाको ज्यान लिइसकेको छ ।’