
भक्तपुरमा मोटरसाइकल ट्यांकरमा ठोक्किँदा एक जनाको निधन भएको छ । सोमबार सवा ७ बजे भक्तपुर नगरपालिका-१ नगरकोट मोड जय नेपाल चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालकको निधन भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले बताए ।
कालोपाटीबाट सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२-०३१ प ७८६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ४२६८ नम्बरको पानी ट्यांकरमा ठोक्किएको थियो ।
मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २६ वर्षीय राजन दुवारीको साढे ७ बजे निधन भएको डिएसपी पाण्डेले बताए ।
यस्तै मोटरसाइकल पछाडि सवार मध्यपुर ठिमी नगरपालिका-३ बस्ने २३ वर्षीय अनिल साह घाइते छन् । उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न सवारीसाधन र ट्यांकर चालक भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने २८ वर्षीय प्रविण सुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।