
फाइल फोटो
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन मंगलबार दैलेखको दुल्लुमा पुगेका छन् ।
उनले सभालाई सम्बोधन गर्दै मंसिर ४ को निर्वाचन उत्पीडनमा रहेका जनाताको अधिकार सुनिश्चित गर्ने वा नगर्ने भन्ने बारेमा जनमत संग्रह जस्तै भएको बताएका छन् ।
दाहालले भने, ‘यो निर्वाचन संविधानको रक्षा गर्न, दलित, महिला, मुस्लिम, थारु तथा उत्पीडनमा रहेकालाई अधिकार दिने वा खोस्ने बारेमा जनमत संग्रह गरेजस्तै भएको छ ।’
माओवादी केन्द्रका अध्यक्ष दाहालले कर्णालीमा उम्मेदवारीको विषयलाई लिएर उत्पन्न समस्या गठबन्धनको छलफलबाट समाधान गर्ने बताए ।