
सरकारले आइतवार प्रतिनिधी सभा बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,२०७७’ पेश गरेको सूचना राजपत्रमा प्रकाशित गरेको छ।
कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङफेले आज प्रतिनिधि सभामा पेश गरेको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकलाई राजपत्रमा प्रकाशन गरिएको छ।
नेपालको संविधान, धारा २७४ को उपधारा (३) बमोजिम सभामा पेश भएको विधेयक ३० दिनभित्र सर्वसाधारण जनताको जानकारीको लागि सर्वजनिक रुपमा प्रकाशन गर्नु पर्ने भन्ने व्यवस्था बमोजिम राजपत्रमा उक्त विधेयक प्रकाशन गरिएको हो
संसद्मा पेश भएको संविधान संशोधन विधेयक सर्वसाधारण जनताका लागि प्रकाशन गर्नुपर्ने व्यवस्था छ।
आइतवारको प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री शिवमाया तुम्वाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेश गरेकी हुन्।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेको छ। अध्यावधिक नक्सा अनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्र अंकित नक्सा मिलाउन विधेयक पेश गरिएको हो। जसलाई संसदले पारित गर्नुपर्छ।
सरकारले भारतद्वारा अतिक्रमित भूभागसमेत समेटेर ७ जेठमा जारी गरेको नेपालको पूर्ण नक्शालाई निशान छापमा समेत अद्यावधिक गर्नका लागि संविधान संशोधन गरिँदैछ।
संविधानको अनुसूची ३ मा नेपालको निशान छापसम्बन्धी व्यवस्था छ।
उक्त निशान छापको बीचमा रहेको नेपालको नक्शमा भारतद्वारा अतिक्रमित भूभाग समावेश गरिएको थिएन। लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत नेपाली नक्शामा समेटेर राजीतिक तथा प्रशासनिक नक्शा जारी भएपछि त्यसैअनुसार निशान छापको नक्शा पनि संशोधन गर्न लागिएको हो।