
पुलिसको क्रुरता विरुद्ध छैठौ रात पनि हजारौंले रातसम्म प्रदर्शन गरेका छन । प्रदर्शनकारीहरू कर्फ्यू र राष्ट्रिय गार्डको बेवास्ता गर्दै सडकमा आएका छन । अमेरिकाको मिनियापोलिस शहरमा एक अश्वेत नागरिकको पुलिस हिरासतमा निधन भएपछी भड्किएको प्रदर्शन एक राज्यबाट देशैभरी जसो फैलिएको छ ।
मिनेसोपलिस, मिनेसोटामा प्रदर्शनकारीहरू फ्लोडको मृत्युमा संलग्न सबै अफिसरहरूलाई हिरासतमा राखेर कारवाही गर्न माग गरेका छन ।
कर्फ्यु उल्लङ्घन पछी धेरै शहरहरुमा पुलिसले भिद नियन्त्रण गर्न अश्रु ग्यास प्रयोग गरेको छ ।
एसोसिएटेड प्रेस समाचार एजेन्सीले जनाए अनुसार्, लगभग १,७०० नेश्नल गार्डहरुलाई ह्वाइट हाउस बाहिर र देशको राजधानीमा अन्यत्र भएको विरोध प्रदर्शनमा सहयोग गर्न बोलाइएको छ ।
वाशिंगटन:
प्रहरीसँगको तनाव बढ्दै जाँदा प्रदर्शनकारीहरूले व्हाइट हाउस आसपासमा आगजनी शुरु गरेका थिए । १,००० भन्दा बढीको भिड्लाई तितर वितर पार्न पुलिसले भीडमा अश्रु ग्यास र स्टन ग्रेनेडको प्रयोग गरेकाअ थिए ।
आन्दोलनकारीहरूले सडक चिन्हहरु र प्लास्टिकका अवरोधहरू जम्मा गरेर सडकको बीचमा आगो बालेका थिए । केहीले नजिकैको भवनबाट अमेरिकी झण्डा तानेर आगोमा फ्याँके भने केहिले आगो दन्काउन रुखका हाँगा भाँचेर ल्याएका थिए ।
ह्वाइट हाउस बाहिरको प्रदर्शनले उग्र रुप लिँदै गरेपछी राष्ट्रपती डोनाल्ड ट्रम्पलाई एउटा विशेष सुरक्षित बन्करमा लागिएको थियो।
कर्फ्यू लगाइएका राज्य र शहरहरु:
- एरिजोना: एक सप्ताह राज्यव्यापी कर्फ्यू
- क्यालिफोर्निया: लस एन्जलस काउन्टी, सान फ्रान्सिस्को, बेभरली हिल्स, सान्ता मोनिका, वेस्ट हलिउड, सान जोसे
- कोलोराडो: डेन्वर
- कोलम्बिया
- फ्लोरिडा: मियामी, ओरेन्ज काउन्टी, ज्याक्सनभिल, ओर्लान्डो
- जर्जिया: एट्लान्टा इलिनोइस: शिकागो
- इंडियाना: इंडियानापोलिस
- केन्टकी: लुइसभिल
- मिशिगन: डेट्रोइट
- मिनेसोटा: मिनियापोलिस, सेन्ट पल
- मिसौरी: कन्सास शहर
- न्यू जर्सी: एट्लान्टिक शहर
- न्यू योर्क: रोचेस्टर
- ओहायो: सिन्सिनाटी, क्लीभल्याण्ड, कोलम्बस, डेटन, टोलेडो
- ओरेगन: पोर्टलैंड, यूजीन
- पेन्सिलभेनिया: फिलाडेल्फिया, पिट्सबर्ग दक्षिण
- क्यारोलिना: चार्ल्सटन, कोलम्बिया, मर्टल बीच
- टेनेसी: नेभभिल
- टेक्सास: डलास, स्यान एन्टोनियो
- यूटा: साल्ट ताल शहर
- भर्जिनिया: रिचमंड
- वाशिंगटन: सिएटल
- विस्कॉन्सिन: मिलवाकी, म्याडिसन