७ बैशाख २०८२, आईतवार

आधुनिक फुटबल इतिहासका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाए

Cristiano Ronaldo

पोर्चुगलका आधुनिक फुटबल इतिहासको सबैभन्दा चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोल पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

कतारमा जारी फिफा विश्वकप अन्तर्गत आज भएको घानाविरुद्धको खेलमा गोल गर्दै रोनाल्डोले उक्त कीर्तिमान बनाएका हुन् ।

रोनाल्डोले दोस्रो हाफमा पेनाल्टी गोल गर्दै घानाविरुद्ध पोर्गुललाई अग्रता दिलाएका छन् । सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका रोनाल्डोले त्यसयता हरेक विश्वकप खेल्दै गोल समेत गरेका छन् ।

उनले २००६, २०१० र २०१४ को विश्वकपमा १-१ गोल गरेका थिए भने २०१८ को विश्वकपमा ४ गोल गरेका थिए । विश्वकपमा रोनाल्डोको कूल गोलसंख्या ८ पुगेको छ ।