
रौतहट क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएका किरणकुमार साह विजयी भएका छन्।
कांग्रेस नेता अफताव आलमका छोरा मोहम्मद फिरदोस आलमलाई प्रतिनिधिसभा सदस्यमा पराजित गर्दै चापाकल चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका साह विजयी भएका हुन्।
अन्तिम मतपरिणामअनुसार फिरदोसलाई स्वतन्त्र उम्मेदवार साहले ४ हजार ५९४ मतान्तरले हराउँदै पराजित गरेका हुन् । साहले ३२ हजार ८४२ मत पाउँदा आलमले २८ हजार २४८ मत मात्र पाए ।
कांग्रेसका आलमले २८२४८ मत ल्याएका छन्। उनीहरूको मत अन्तर ४५९४ छ। यी दुई जनाबाहेक अरू उम्मेदवारको मत एकदमै कम छ।
जनता समाजवादी पार्टीका शैलेन्द्र शाहले २१२२ र जनमत पार्टीका रामयस झाले १००४ मत मात्र ल्याएका छन्।