
प्युठानमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आइतबार सम्पन्न भएको छ । अहिले मतगणना भइरहेको छ ।
मतदानका लागि आइतबार प्रयोग भएका निर्वाचान सामग्री होटेलमा भेटिएको छ । सदरमुकामनजिकै रहेको एक होटेलको चुल्होमा निर्वाचन सामग्री प्रयोग भएको हो ।
यो जिल्लामा एक निर्वाचन क्षेत्र छ । यस क्षेत्रबाट एमालेका सूर्यबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका होमबहादुर बुढाथोकी मगर, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत उम्मेदवार प्रतिस्पर्धामा छन् ।


