
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दैनिक पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार पछिल्लो २४ घन्टामा नेपालमा २२६ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । थपिएकामा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।
संक्रमित थपिए संगै संक्रमित हुनेको संख्या १७९८ पुगेको छ। यो वृद्धि अहिलेसम्मकै बढी हो।
त्यसैगरी संक्रमित मध्य २२१ जना उपचारपछि घर फर्किएका छन् भने ८ जनाको मृत्यु भएको छ।