
नेपालमा सोमबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ।
मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुका ७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। यस्तै, पाल्पाका दुईजनामा संक्रमण पुष्टि हुँदा नवलपरासी, गुल्मी र रुपन्देहीमा एकएकजनामा संक्रमण देखिएको छ।
उनीहरु सैबको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो। सोमबार पुष्टि भएका १३ जनासँगै नेपालमा जम्मा संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ।
सहप्रवक्ता डा अधिकारीका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षका दुईजना पुरुष, नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गुल्मी रेसुंगा गाउँपालिकाका २६ वर्षका पुरुष रहेका छन् ।
यस्तै कपिलवस्तु मायाँदेवी गाउँपालिकाका १९,२१,२६,२६, २७, ३५ र ४० वर्षका पुरुषहरु र रुपन्देही गैडहवा गाउँपालिकाका ३ वर्षीया बालिका र ५४ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि आजै नियमित लाइभ अपडेटमा स्वास्थ्य मन्त्रालयले थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो ।
सोमबार दिउँसो मात्रै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ सय २६ जनामा संक्रमण पुष्टि भएको बताएका थिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको छ भने हालसम्म नेपालमा कोरोनाका कारण ८ जनाको ज्यान गएको छ ।
