
संखुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित भएका छन् ।
निर्वाचित खड्काले राजेन्दप्रसाद्र गौतमलाई ५४३९ मतान्तरले पराजित गरेका हुन् । खड्काले ३२१५८ मत ल्याएका छन् ।
खड्कासँग पराजित गौतमले २६७१९ मत ल्याएका छन् । यो क्षेत्रमा खड्का सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
खड्का र गौतम २०७० सालको संविधानसभा निर्वाचनदेखि नै प्रतिस्पर्धा गर्दै आएका हुन् । ०७४ को निर्वाचनमा खड्का उनै गौतमसँग पराजित भएका थिए । यसपटक उनले गौतमसँग बदला लिएका हुन् ।
यसपटक १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेको संखुवासभामा ६५ हजार ३ सय ३७ मत खसेको थियो ।