
सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्तीका अवैध संरचना हटाउने क्रममा स्थानीयको आक्रमणमा परी घाइते भएका काठमाडौं महानगरका तीन जना प्रहरीको आइसियुमा राखेर उपचार भइरहेको छ ।
स्थानीयले ढुंगामुडा प्रहार गर्दा महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित १८ जना घाइते भएका महानगरपालिकाले जनाएको छ ।
सोमबार साँझ एक विज्ञप्तिमार्फत महानगरले उक्त आक्रमणमा संलग्नहरूलाई कानून बमोजिम कारबाही गर्न प्रहरीमा उजुरी समेत गरेको जनाएको छ । उक्त आक्रमणमा संलग्न व्यक्तिहरूको नाम समेत खुलाई महानगरीय प्रहरी वृत्त टेकुमा जाहेरी दिएको महानगरको विज्ञप्तिमा उल्लेख छ ।
महानगर प्रहरी प्रमुख पाण्डेलाई भेट्न नर्भिक पुगे बालेन
महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई अस्पतालमै गएर भेटेका छन् ।
सोमबार दिउँसो थापाथलीस्थित सुकुम्वासी बस्तीस्थित अवैध संरचना हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि घाइते भएका प्रमुख पाण्डेलाई भेट्न बालेन अस्पताल पुगेका हुन् ।
पाण्डे लगायत तीनदर्जन नगरप्रहरी थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् ।
थापाथलीको सुकुम्बासी बस्ती हटाउन जाने क्रममा बस्तीका मानिसहरुको आक्रमणमा परी काठमाडौँ महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएको काठमाडौं महानगरले जनाएको छ । घाइतेको उपचारमा खटिएका नगर प्रहरी निरीक्षक सूर्य के.सी. का अनुसार ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ ।
तीमध्ये केहीको आईसीयूमा राखेर उपचार भइरहेको जनाइएको छ । आजको घटनाका बारेमा जानकारी दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भने, ‘गृह प्रशासनसँग समन्वय गरेर सचेत गराउने क्रममा थियौँ । त्यही क्रममा बस्तीमा पुग्न नपाइकन स्थानीयबाट घरेलु हतियारसहित ढुङ्गा हानेर आक्रमण भयो । यसबाट नगर प्रहरीहरु घाइते भएका छन् ।’
स्थानीयले ढुङ्गा प्रहारसँगै टायर बालेर प्रदर्शन गरेका थिए ।