
इरानमा सेप्टेम्बर १६ मा नैतिकता प्रहरीको हिरासतमा एक युवतीको मृत्युसँगै भड्किएको विरोध प्रदर्शनपछि अहिलेसम्म ३०० भन्दा बढी व्यक्तिको निधन भइसकेको रेभोलुसनरी गार्डका एक जनरलले मंगलबार बताए ।
‘महिलाको मृत्युबाट देशका सबैजना प्रभावित भएका छन् । मसँग पछिल्लो तथ्यांक छैन । तर मलाई लाग्छ यो घटनापछि बालबालिकासहित ३०० भन्दा बढी मानिसको निधन भएको छ’, गार्ड्सको एयरोस्पेस डिभिजनका प्रमुख ब्रिगेडियर जनरल अमिराली हाजिजादेहले भने ।
निधन हुनेमा सेना, प्रहरी र मिलिसिया पनि छन् । ओस्लोस्थित इरान ह्यमुन राइट्सले इरान प्रदर्शनमा ४१६ जना मारिएको यसअघि नै जनाएको छ ।