७ बैशाख २०८२, आईतवार

बैतडीको क्‍वारेन्टाइनमा रहेकी महिलाको निधन

death body 696x392 1

बैतडीमा क्‍वारेन्टाइनमा राखिएकी एक महिलाको मृत्यु भएको छ। 

जिल्लाको पुरचौडी नगरपालिका ४ भटनास्थित मालिका माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा बसेका भटनाकै २२ बर्षिय सुनिता लुहारको मृत्यू भएको हो । मुटु रोगको बिरामी रहेका लुहारको आज बिहान ५ बजे मृत्यू भएको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहित कुमार धानुकले बताए ।

लुहारको अवस्था हिजो सामान्य रहे पनि आज बिहानै मृत्यू भएको उनले बताए । मृतक लुहार जेठ १६ गते गौरिफन्टा नाकाबाट आएकाेमा १८ गतेदेखि क्वारेन्टाइनमा बसेकी थिइन् । मृतक सहित संगै बसेका ४ जनाको स्वाब संकलन गरि कोरोना परिक्षण गरिनेछ ।

उनी १६ जेठमा कैलालीको त्रिनगर नाका हुँदै भारतबाट स्वदेश फर्किएकी थिइन्। उनी नेपाल आउनुअघि श्रीमानसहित भारतको पन्जाबमा बस्थिन्।

मृतकका श्रीमानका अनुसार मुटु रोगी उनले १२ दिनदेखि औषधि सेवन गर्न पाएकी थिइनन्।

मृतक लुहारका श्रीमान र ३ छोराछोरी रहेका छन् । मृतक भारतको पञ्जावमा मुटुरोगको उपचार गराएर फर्किएको भए पनि आर्थिक अभावका कारण बिगत १२ दिनदेखि औषधी सेबन नगरेको उनका श्रीमान हरिश लुहारले बताए ।

मृतकको स्वाब संकलन गर्ने तयारी भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। उनले स्वाव संकलनका लागि स्वास्थ्यकर्मीको टोली पुगिसकेको बताए।