
हाम्रो नेपाली समाजमा विवाह बन्धनलाई एक अपरिहार्यता र महत्वका साथ लिईन्छ । तर घर परिवार र समाज नै नभएका मकवानपुरको लोथरमा बस्दै आएका बर्ष ५६ का अविवाहित अर्जुन प्रसाद प्रशाँईको आत्मकथा बेग्लै छ ।
उनले यो धर्तीमा जन्म त लिए तर जन्म दिने आमा चिन्न नै पाएनन् । सिद्धान्त नमिलेको कारण हाल सम्म विवाह नै नगरी बसेका उनको आफ्नो आफन्त र उनलाई साथ दिने कोही छैनन् यो धर्तीमा । खुला आकाशमा नै उनी जिवन विताई रहेका छन् । तर अचम्मको कुरा त यो छ,उनले नेपाली र अंग्रजी विषयका मास्टर डिग्री पास गरि संस्कृतमा प्राचार्य सम्मको अध्ययन पुरा गरेका छन् ।
उमेरमा उनले स्थायी दरबन्दीमा सरकारी विद्यालयमा र कतिपय निजी विद्यालयमा पनि अध्यापन गर्ने कार्य गरे तर संधै स्वार्थी समाज र समाजमा बस्ने ब्यक्तिहरुको सडयन्त्रको शिकार भई उक्त पेशालाई छोड्न बाध्य भए ।
उमेर बल हुँदा जोडेको केही रकमले लिएको सानो जग्गामा बनाएको काठको घर पनि छिमेकीले भत्काए पछि अहिले उनी प्रतिक्षालयमा बस्दै आएका छन् । आफुले अध्ययन र अध्यापन गरेका कागलपत्रहरु राख्ने ठाउँ नभएपछि भारी नै बनाएर आफु जहाँ गए पनि साथ लिएर हिँड्छन् ।
उनले काठमाण्डौमा भएको एक सहकारीमा जम्मा गरेको आफ्नो खाताको रकम झिक्नको लागि मकवानपुरको लोथरबाट हिडेरै १५ दिन जति लगाएर काठमाण्डौ आईपुगे तर बन्दाबन्दीले सहकारी बन्द भएको कारण ३ दिन सम्म विना अन्न पानी काठमाण्डौको पेटीमा दिन र रात कटाए । त्यो खाताको पैसा झिक्न नपाए खानै नपाई मर्ने र बाँच्ने दोसाधमा पुगेका उनीसँग नदुखुन मनहरुको टिमसँग भेट हुन पुग्यो ।
उनको जिवनको आत्मकथा परिच्छेद सेन नामक युट्युब च्यानलको नदुखुन मनहरु मार्फत आज प्रसारण भएको छ ।
नोट: नदुखुन मनहरु कार्यक्रमले यस्तै कर्मठ, ईमानदार, मेहनती ब्यक्तिहरु जो दुस्खमा छन्, जसको अँखामा आशु छल्किएको छ, उनीहरू को आखाको आशु पुछी उनीहरुको मुहारमा क्षणिक भए पनि खुशी दिने कार्य गर्दै आएको छ । नदुखुन मनहरु कार्यक्रम हरेक हप्ताको सनिवार र मंगलबार परिच्छेद सेन नामक युटयुब च्यानल र नेपाल घटना मार्फत प्रसारण हुँदै आईरहेको छ ।
सधैं खुशी रहनुहोस्, सक्नु हुन्छ अरुलाई खुशी बढनुहोस्, सक्नु हुन्न कसैको खुशी नछिन्नुहोस ।