
जुम्ला । मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन सकिएसँगै सिंजा क्षेत्रका पुरुषहरू धन कमाउन कालापहाड (भारत) जान थालेका छन् ।
निर्वाचनका लागि रोकिएका सिंजा क्षेत्रका हिमा, सिंजा र कनकासुन्दरीका पुरुषहरू चुनाव सकिए लगत्तै गाउँ नै रित्तो बनाएर कालापहाड जान थालेका हुन् ।
कर्णालीका युवाहरू खाडी मुलुक र भारत नै कमाउन जाने गर्छन् । कनकासुन्दरी गाउँपालिका ५ का सुक नेपाली लगायतका सयौँ युवा चुनाव लगत्तै कालापहाड गएका छन् । परिवार पाल्नकै लागि कालापहाड जानुपर्ने बाध्यता रहेको नेपालीका परिवारको भनाइ छ ।
जुम्लाका आठ पालिकामध्ये सिंजा, हिमा र कनकासुन्दरीका ९५ प्रतिशत पुरुष कालापहाड र पढ्न जिल्लाबाहिर गएपछि गाउँमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै भेटिन्छन् ।