
सुनसरी ४ को गणनामा रोचक तथा तीब्र प्रतिस्पर्धा देखिएको छ ।
धेरैबेरपछि अहिले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायम गरेका छन् । पछिल्लो अपडेटअनुसार कांग्रेस उम्मेदवार कार्कीको ३००७३ मत छ ।
एमालेका जगदीशप्रसाद कुसियैतको ३००६९ मत रहेको छ । दुईजनाबीच ४ मतको मात्र अन्तर छ । अहिले बराह १० को मात्र गणना बाँकी छ ।