
झापाको दमकमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको निधन भएको छ । बिहीबार राति दमक नगरपालिका-९ स्थित मोटरसाइकलको ठक्करबाट इलामको माई नगरपालिका-१० का ४७ वर्षीय गोपाल राईको निधन भएको प्रहरीले जनाएको छ ।
उनको थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै निधन भएको हो । यस्तै दुर्घटनाबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक झापाको कन्काइ नगरपालिका-४ का २५ वर्षीय नितेश बस्नेतको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हलचोकमा बसको ठक्करबाट मोटरसाइकल चालकको निधन
काठमाडौंको हलचोकमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको निधन भएको छ ।
निधन हुनेमा धादिङ घर भइ हाल काठमाडौं महानगरपालिका १४ बस्दै आएका ३४ वर्षीय प्रतिक बास्कोटा रहेको प्रहरीले जनाएको छ ।
बिहीबार साँझ बा ५ ख ६९५ नम्बरको बस र बा ७८ प २६८७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा बास्कोटा गम्भीर घाइते भएका थिए ।
घाइते भएपश्चात् अस्पताल लगिएका उनको उपचारको क्रममा मनमोहन अस्पताल स्वयम्भूमा निधन भएको प्रहरीले जनाएको छ । हाल बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।